भारतमा २४ घण्टामा २ हजार ७१० संक्रमित भेटिए, १४ जनाको मृत्यु

काठमाडौँ, १३ जेठ । भारतमा पछिल्लो समय कोरोना भाइरस संक्रमित हुनेको संख्या बढ्दो छ ।
पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय १० हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै यस अवधिमा १४ जनाको मृत्यु भएको छ ।
बिहीबारको तुलनामा शुक्रबार करिब ३ प्रतिशतले कोरोना संक्रमित थपिएका हुन् । बिहीबार २ हजार ६२८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै बुधबार २ हजार १२४ जनामा कोरोना संक्रमण देखिएको थियो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



