काठमाडौँ महानगरपालिकाको सबै वडामा कोभिडविरुद्धको मोडर्ना र फाइजर खोप लगाईदै

काठमाडौँ, १२ जेठ । काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा आज देखि पर्सी शनिबारसम्म कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको छ।

महानगरपालिकाले एक सुचना जारी गर्दै महानगरपालिकाका ३२ वटै वडाहरुमा रहेका सामुदायिक शहरी स्वास्थ्य क्लिनिक र वडाले तोकेका स्थानमा बिहान १० देखि अपराह्न ४ बजेसम्म मोडर्ना र फाइजर खोप लगाइने छ।

पहिलो र दोस्रो मात्रा लगाएको तीन महिना पूरा भएका १८ वर्षमाथिका सबै नागरिकलाई मोडर्ना खोप र १२ वर्षदेखि र १७ वर्षसम्मका नागरिकलाई मोडर्ना वा फाइजर खोप दिन सकिने महानगरले जनाएको छ।

दोस्रो मात्रा र बुस्टर मात्रा लगाउनेले यसअघिको खोप कार्ड र पहिलो मात्रा लगाउनेले परिचय खुल्ने कागजात ल्याउनु पर्ने सूचनामा उल्लेख छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *