आज देखि चिकित्सक लाइसेन्स परीक्षा, १५१६ जनाले सहभागीता जनाउँदै

काठमाडौँ, १२ जेठ । नेपाल मेडिकल काउन्सिलको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा आजबाट सुरु हुँदैछ । एमबीबीएस र बीडीएस उत्तीर्ण भएका विद्यार्थीहरुले लाइसेन्स प्राप्त गरी डाक्टर उपाधि प्राप्त गर्नका लागि यो परीक्षा उत्तीर्ण गर्नु पर्नेछ । यसपटकको परीक्षामा १ हजार ५१६ जना विद्यार्थी सहभागी हुँदैछन् ।

काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीका अनुसार परीक्षा इन्जिनियरिङ अध्ययन् संस्थान, सूचना तथा सञ्चार प्रविधि केन्द्र पुल्चोक ललितपुरमा हुने छ । तीन दिन सम्म हुने परीक्षामा आज र भोली दुई सिफ्टमा एमबीबीएस र पर्सी एक सिफ्टमा बीडीएसको परीक्षा हुनेछ ।

‘आज देखि परीक्षा हुँदैछ । विहान ९ देखि १२ बजे पहिलो सिफ्ट र अपरान्ह ३ देखि बेलुका ६ बजेसम्म अर्को सिफ्ट हुन्छ । एमबीबीएसका विद्यार्थीका लािग लिईने यो परीक्षा दुई सिफ्टमा गरेर भोलीसम्म चल्छ । पर्सी भने विहान ९ देखि १२ बजेसम्म बीडीएसका विद्यार्थीहरुको परीक्षा लिदैछौँ,’ डा अधिकारीले भने ।

उनका अनुसार यसपटकको परीक्षाका लागि एमबीबीएस तर्फ १ हजार १७४ जना र बीडीएस तर्फ ३४२ जनाले सहभागी हुने भन्दै फारम भरेका छन् ।

काउन्सिलले केही वर्ष देखि परीक्षा पद्धतीलाई कम्युटर प्रविधिसंग जोडेर लिदै आएको छ । जसले गर्दा परीक्षा सकिएको केही समय पछि नै नतिजा प्रकाशित हुने गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *