डब्लुएचओको महानिर्देशक पदमा पुन: निर्वाचित भए डा. टेड्रोस

काठमाडौँ, १० जेठ ।  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को महानिर्देशक पदमा डा. टेड्रोस अधानोम गेब्रेयसस पुन निर्वाचित भएका छन् ।

डव्लुएचओका सदस्य राष्ट्रहरुले आज डा टेड्रोसलाई दोस्रो कार्यकालका लागि निर्वाचित गरेका हुन् । सन् २०१७ मा पहिलो पटक पाँच वर्षे कार्यकालका लागि निर्वाचित भएका टेड्रोस पुन पाँच बर्षका लागि निर्वाचित भएका छन् ।

स्वीजरल्याण्डको जेनेभामा तीन दिन देखि जारी ७५ औँ विश्व सम्मेलनले यसपटक नयाँ महानिर्देशक पनि छान्नु पर्ने थियो । सोही सम्मेलनबाट डा टेड्रोस छानिएका हुन् । यद्धपी छनौट प्रक्रियामा उनी एक्ला उम्मेद्धार थिए । त्यसैले उनी निर्विरोध महानिर्देशक पदमा दोहोरिएका हुन् ।

त्यसो त डव्लुएचओको कार्यकारी बोर्डले गत जनवरीमै डा टेड्रोसलाई दोस्रो कार्यकालका लागि उम्मेद्धार बनाउँदै मनोनयन प्रक्रिया अघि बढाएको थियो ।

आज निर्वाचित भएपनि डा टेड्रोसले दोस्रो कार्यकाल आगामी १६ अगष्ट देखि सञ्चालन गर्नेछन् । यो डव्लुएचओको नीति र प्रक्रिया अनुसार सञ्चालन हुनेछ ।

टेड्रोसको पहिलो कार्यकाल चर्चामा रहयो । चाहे त्यो कोभिड १९ महामारी नियन्त्रणका लागि चालेका कदम होस् वा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसंग विग्रिएको सम्वन्ध । यस्तै उनकै पालामा अफ्रिकी मुलुकहरुमा इबोला देखियो । यस्तै अरु मानविय स्वास्थ्य सम्वन्धी समस्याहरुको पनि उनले राम्ररी व्यवस्थापन गरेका थिए ।

डब्लुएचओको महानिर्देशक बन्नु अघि सन् २०१२ देखि २०१६ सम्म डा टेड्रोस इथोपियाको विदेश मन्त्री थिए । त्यसअघि सन् २००५ देखि २०१२ सम्म एचआईभी, क्षयरोग र मलेरियाविरुद्ध काम गर्ने संस्था ग्लोबल फन्डको अध्यक्ष थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *