चौबिस घण्टामा १० जना संक्रमित थपिए, १६ जना निको भए

88
Shares

काठमाडौँ, ९ जेठ । पछिल्लो चौबिस घण्टामा देशभर थप १० जनामा कोरोना संक्रमित थपिएका छन् । त्यसैगरी आज थप १६ जना निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जारी गरेको बिबरण अनुसार २ हजार २२३ जनाको पीसीआर नमुना परीक्षण गर्दा ८ जनामा र ५३५ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टी भएको हो । ।

देशभर सक्रिय संक्रमितको संख्या १३३ रहेको छ । त्यसैगरी आईसीयूमा र भेन्टीलेटरमा उपचार गराउनेको संख्या शून्य रहेको छ । त्यसैगरी सक्रिय संक्रमित शून्य रहेका जिल्ला ३० वटा रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *