चौबिस घण्टामा १० जना संक्रमित थपिए, १६ जना निको भए

काठमाडौँ, ९ जेठ । पछिल्लो चौबिस घण्टामा देशभर थप १० जनामा कोरोना संक्रमित थपिएका छन् । त्यसैगरी आज थप १६ जना निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जारी गरेको बिबरण अनुसार २ हजार २२३ जनाको पीसीआर नमुना परीक्षण गर्दा ८ जनामा र ५३५ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टी भएको हो । ।

देशभर सक्रिय संक्रमितको संख्या १३३ रहेको छ । त्यसैगरी आईसीयूमा र भेन्टीलेटरमा उपचार गराउनेको संख्या शून्य रहेको छ । त्यसैगरी सक्रिय संक्रमित शून्य रहेका जिल्ला ३० वटा रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *