नेपाल छिर्‍यो अफ्रिकन स्वाइन फिवर

संक्रमणबाट काठमाडौँ उपत्यकामा १०१९ वटा सुगुर तथा बंगुर मर्‍यो

काठमाडौँ, ८ जेठ ।  घरपालुवा सुँगुर, बंगुर तथा जंगली बँदेल प्रजातिमा विषाणुको कारणले लाग्ने अफ्रिकन स्वाइन फिवर रोग नेपालमा पनि देखा परेको छ । विगतमा अफ्रिकी महादेशमा मात्र सिमित रहेको यो रोग सन् २०१८ पछि भने हाम्रा छिमेकी मुलुकहरु चीन भारत र भुटानमा देखा परिसकेको थियो ।

पशु सेवा विभागका अनुसार गत चैतमा काठमाडौँको कागेश्वरी मनोहरा क्षेत्रमा पालिएका बंगुरमा उच्च मृत्युदर देखा परेपछि त्यहाँबाट नमूना संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेशण प्रयोगशालामा पठाइएको थियो । त्यहाँ मलिकुलर र सिरोलोजिकल विधिबाट परीक्षण गर्दा अप्रिकन स्वाइन फिवर रोग पुष्टि भएको विभागले जनाएको छ ।

‘गत २ जेठमा यो रोग नेपालमा भएको पहिलो पटक पुष्टि भएको हो । त्यसपछि काठमाडौँकै कागेश्वरी, मनहरा, कीर्तिपुर, चन्द्रागिरी टोखा, र दक्षिणकाली क्षेत्रमा समेत यसको निगरानी गरिएको थियो । यस्तै ललितपुरको गोदावरी, भक्तपुरको चाुगानारायण क्षेत्रमा मरेका घरपालुवा सुंगुरको समेत नमूना जाँच गरिएको थियो । त्यसक्रममा सबै ठाँउमा यो रोगको संक्रमण पुष्टी भएको पत्ता लाग्यो,’ विभागले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

विभागले यो रोगलाई उच्च मृत्युदर भएको अति खतरनाक महामारीजन्य सरुवा रोग भनेको छ । यद्धपी यो रोग सुगुरबाट मानिसमा नसर्ने विभागले स्पष्ट पारेको छ ।

विभागले उपत्यका यो रोग लागेर अहिलेसम्म १०१९ वटा सुगुर बंगुर समेत मृत्यु भएको पाइएको उल्लेख गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *