कनकासुन्दरीमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना, तीन जना घाइते

80
Shares

जुम्ला, ८ जेठ । जुम्लामा एम्बुलेन्स दुर्घटना भएको छ। जिल्लाको कनकासुन्दरी गाउँपालिकाबाट बिरामी ल्याउदै गरेको एम्बुलेन्स दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका ६ स्थित दाँते ओखरमा क १ झ १५ नम्बरको कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्स आईतबार बिहान दुर्घटना भएको हो ।

प्रहरी निरीक्षक तथा सूचना अधिकारी भुवन भट्टका अनुसार दुर्घटनामा तीन जना सामान्य घाईते भएका छन्। कनकासुन्दरी ६ निवासी दलविरे ऐडी बिरामी भई सदरमुकाम ल्याइदै गर्दा दुर्घटना भएको हो ।

प्रहरी निरीक्षक भट्टका अनुसार एम्बुलेन्स सडकबाट १५/२० मिटर तल खसेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *