चौबिस घण्टामा थपिए ११ जना कोरोना संक्रमित, १२ जना संक्रमणमुक्त
काठमाडौँ, ६ जेठ । पछिल्लो चौबिस घण्टामा देशभर थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी आज थप १२ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार २ हजार ३ सय जनाको पीसीआर नमुना परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टी भएको हो । र ५७४ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण भएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १४९ रहेको छ । त्यसैगरी आईसीयूमा र भेन्टीलेटरमा उपचार गराउनेको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]