टेकु अस्पतालमा पनि आइतबार विदा नहुने, यसअघि जस्तै सेवा निरन्तर

काठमाडौँ, ६ जेठ । सरकारले दुई दिन सार्वजनिक विदा दिने निर्णय गरे पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइतबार बिदा नहुने भएको छ। अस्पतालमा यसअघि जस्तै आइतबार बहिरंग (ओपिडी) लगायतका सेवा नियमित रुपमा चलाउने भएको छ ।

अस्पतालले बिहीबार जारी गरेको सूचनामा ओपिडी लगायतका सेवा आइतबार नरोकिने उल्लेख छ । उसले सो दिन पूर्ववत रुपमा ओपिडी लगायतका सेवा नियमित हुने जानकारी दिएको छ ।

‘शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय कार्यान्वयन सम्बन्धमा छलफल हुँदा हाललाई अन्य सार्वजनिक बिदा परेको बाहेक आइतबारका दिन यस अस्पतालको बहिरंग सेवा लगायत सम्पूर्ण सेवाहरु अर्को सूचना नभएसम्म पूर्ववत रुपमा नियमित सञ्चालन हुने व्यहोरा सम्बन्धित जानकारीका लागि अनुरोध छ,’ अस्पतालकी निर्देशक डा. मनिषा रावलद्वारा जारी सूचनामा भनिएको छ।

यसअघि वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, कान्ति अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्रदेश अस्पताल, नरदेवी आयुर्वेद उपचार केन्द्र लगायतले आइतबार बिदा नदिने निर्णय गरिसकेका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *