सिराहा नगरपालिकाको मेयरमा डा. नविन यादव विजयी

काठमाडौँ, ५ जेठ । स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट सिराहा नगरपालिकाको मेयर पदमा उम्मेद्धारी दिएका डा. नविन यादव विजयी भएका छन्।
उनले ११ हजार १४३ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। डा. यादवले नेपाली कांग्रेसको तर्फबाट उम्मेद्धार बनेका उपेन्द्रकुमार यादवलाई पराजित गरेका हुन् । उनले ८ हजार ७३२ मत ल्याएका छन्।
डा. यादव बालरोग विशेषज्ञ हुन्। उनले सिराहामा क्लिनिक चलाउनुका साथै राजनीतिमा सक्रिय छन्।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



