थप ७ जनामा कोरोना संक्रमण, ९ जना संक्रमणमुक्त

काठमाडौँ, २ जेठ । पछिल्लो चौबिस घण्टामा देशभर थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी आज थप ९ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार १ हजार ५४६ जनाको पीसीआर नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टी भएको हो । र १ हजार २३९ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १ जनामा कोरोना पोजेटिभ आएको हो ।

देशभर सक्रिय संक्रमितको संख्या १३९ रहेको छ । त्यसैगरी आईसीयूमा र भेन्टीलेटरमा उपचार गराउनेको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published.