राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका सदस्यहरु बने गाउँपालिका अध्यक्ष र उपाध्यक्ष

काठमाडौँ, २ जेठ । स्थानीय तहको निर्वाचन अन्तरगर्त पाल्पाको माथागढी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पदमा क्रमश यमबहादुर चिदी र विष्णुमाया लुङ्चे बिजयी भएका छन् । नेकपा एमालेको तर्फबाट उम्मेद्धार बनी निर्वाचित भएका उनीहरु दुबैजना स्वास्थ्यकर्मी हुन् ।

स्वास्थ्य बीमा बोर्ड पाल्पाका प्रमुख समेत रहेका सीअहेव अधिकृत छैटौँ तहका चिदी सरकारी सेवाबाट राजिनामा दिई गाँउपालिका अध्यक्षमा उम्मेद्धार बनेका थिए । यस्तै लुङ्चे पनि सीअनमी बाट राजिनामा दिएर उपाध्यक्ष पदमा उम्मेद्धारी दिएकी थिईन् । उनीहरु मध्ये चिदी एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रीय सदस्य र लुङ्चे महासंघकै जिल्ला कमिटी सदस्य समेत हुन् ।

अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसले अध्यक्ष उपाध्यक्ष सहित अधिकांश वडा जितेको माथागढीमा यसपटक चिदीले ६ हजार १०९ मत ल्याई विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका सन्तोष थापाले ५ हजार ५५४ मत मात्रै ल्याउन सके ।

यस्तै उपाध्यक्षमा लुङ्चेले ५ हजार ८८२ मत ल्याउँदा निकटतम प्रतिद्धन्दी बिजयाकुमारी भट्टराईले ५ हजार ६४४ मत मात्रै ल्याउन सफल भईन् ।

८ वटा वडा रहेको सो गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष सहित ४ वटा वडा नेकपा एमालेले र ४ वटा वडा नेपाली कांग्रेसले प्यानल नै जितेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *