स्वास्थ्यकर्मी संघका अध्यक्ष र सदस्य बने गाँउपालिका अध्यक्ष र उपाध्यक्ष

648
Shares

काठमाडौँ, २ जेठ । जुम्लाको कनका सुन्दरी गाउँपालिका अध्यक्षमा दामोदर आचार्य निर्वाचित भएका छन् । नेपाल स्वास्थ्यकर्मी संघ कर्णाली प्रदेश समितिका अध्यक्ष समेत रहेका उनी नेपाली कांग्रेसका तर्फबाट अध्यक्षमा उम्मेद्धार बनि निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका उम्मेद्धार धनवहादुर रावत थिए ।

यस्तै दाङको बंगलाचुली गाउँपालिकाको उपाध्यक्षमा भक्तबहादुर जिसी निर्वाचित भएका छन्। नेपाल स्वास्थ्यकर्मी संघ दाङका सदस्य रहेका जिसी नेपाली कांग्रेसका उम्मेदवार हुन्। उनले ५ हजार ९४५ मत ल्याएका छन्।

उपाध्यक्षमा निर्वाचित जिसीका निकटतम प्रतिद्धन्दी नेकपा एमालेकी सरस्वता कुमारी घर्ती थिईन् । उनले ३ हजार २६५ मत प्राप्त गरिन ।
उपाध्यक्ष निर्वाचित जिसी सोही गाउँपालिकामा स्वास्थ्य संयोजकका रुपमा कार्यरत थिए। उनी नेपाल स्वास्थ्यकर्मी संघ दाङका सदस्य समेत हुन्।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *