भरतपुर अस्पतालले आइतबार न्युन शुल्कका ओपिडी सञ्चालन गर्ने

चितवन, १ जेठ । भरतपुर अस्पतालले आइतबार सार्वजनिक विदाको दिन भएपनि विहान साढे ९ बजे देखि दिउसो १ बजेसम्म न्युन शुल्कमा ओपिडी (पेइङ ओपिडी) सेवा सञ्चालन गर्ने बताएको छ ।

अस्पतालले आइतबार देखि अन्यत्रका निजी अस्पतालमा भन्दा थोरै कन्सलटेशन शुल्क लिएर पेइङ ओपिडी सेवा दिने बताएको हो ।

अस्पतालले विशेषज्ञको कन्सलटेशन शुल्क ५०० रुपैयाँ र मेडिकल अफिसर कन्सलटेशन शुल्क ३०० रुपैयाँ तोकिएको उल्लेख गरेको छ ।
यस्तै पेइङ अपरेशन सेवा विहान साढे ९ बजे देखि साढे ३ बजेसम्म सुचारु गर्ने बताएको छ । यस्तै इमरजेन्सी अप्रेसन नियमित शुल्कमा नै चौविसै घण्टा हुने बताएको छ ।

सरकारले आज देखि शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । तर सुर्खेत अस्पताल र कान्ति बाल अस्पतालले तत्काल आइतबारको सेवा बन्द नगर्ने बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *