चौबिस घण्टामा थप २ जनामा कोरोना संक्रमण, १५० जना सक्रिय संक्रमित

काठमाडौँ, ३१ वैशाख । पछिल्लो चौबिस घण्टामा देशभर थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी आज थप १६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार १ हजार १२७ जनाको पीसीआर नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टी भएको हो । र १२७ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण पनि भएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १५० रहेको छ । त्यसैगरी आईसीयूमा र भेन्टीलेटरमा उपचार गराउनेको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *