कान्ति बाल अस्पतालमा पनि आइतबार सेवा बन्द नहुने

काठमाडौं, ३० बैशाख । सरकारले १ जेठ देखि शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक विदा दिने निर्णय गरे पनि महाराजगञ्जस्थित कान्ति बाल अस्पतालले भने तत्कालका लागि आइतबार सेवा बन्द नगर्ने भएको छ ।

अस्पतालका निर्देशक डा युवा निधी बसौलाले विहीबार सूचना जारी गर्दै आइतबार विदा दिने निर्णय तत्काल कार्यान्वयन नहुने बताएका हुन् ।

हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय कार्यान्वयन गनका लागि आवश्यक गृहकार्य गर्नु पर्ने भएकोले अर्को निर्णय नभएसम्मका लागि आइतबारका दिन यस अस्पतालको सम्पूर्ण सेवा यथावत रुपमा नियमित तवरले सञ्चालन रहने व्यहोरा सम्वन्धित सबैलाई जानकारीको लागि अनुरोध गरिन्छ । बिहीबार प्रकाशित सूचनामा जनाइएको छ ।

यसअघि प्रदेश अस्पताल सुर्खेतले पनि सूचना जारी गर्दै आइतबार विदा दिने निर्णयबाट पछि हट्दै आइतबार नियमित सेवा दिने बताएको थियो ।

गत १३ बैशाखमा बसेको मन्त्रिपरिषदको बैठकले हप्तामा दुई दिन विदा दिने निर्णय गरेको थियो । सो निर्णयको सम्वन्धी जानकारी गत २६ बैशाखको राजपत्रमा प्रकाशित भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *