चौबिस घण्टामा थप १३ जनामा कोरोना संक्रमण, १७ जना संक्रमणमुक्त
काठमाडौँ, २७ वैशाख । पछिल्लो चौबिस घण्टामा देशभर थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी आज थप १७ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार २ हजार ३७६ जनाको पीसीआर नमुना परीक्षण गर्दा १२ जनामा र १ हजार २५८ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टी भएको हो ।
देशभर सक्रिय संक्रमितको संख्या १८५ रहेको छ । जसमध्ये होम आइसोलेसनमा १८४ र संस्थागत आइसोलेसनमा १ जना रहेका छन् ।
त्यसैगरी आइसीयू र भेन्टीलेटरमा उपचाररत संक्रमितको संख्या शून्य रहेको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]