स्वदेशी औषधि उद्योगलाई प्रोत्साहन हुने कार्यक्रम ल्याउँदैछौँ : आर्थिक सल्लाहकार डा. उप्रेती

काठमाडौँ, २४ बैशाख । अर्थ मन्त्रालयका बरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वदेशी औषधि उद्योगलाई प्रोत्साहन हुने खालको कार्यक्रम समावेश हुने बताएका छन् ।

प्रमोटस् ग्रुपले शनिबार राजधानीमा गरेको प्रतिस्थापन बजेट कार्यान्वयन र आगामी बजेटका प्राथमिकता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने क्रममा उनले आगामी नीति तथा कार्यक्रममा स्वदेशी उद्योगमैत्री कार्यक्रम आउने बताएका हुन् ।

‘अहिले नै धेरै कुरा नभनौँ । स्वदेशी औषधि उद्योगलाई प्रोत्साहन र प्रवद्र्धन गर्नुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ । आगामी वर्षको नीति तथा कार्यक्रममा ती कुराहरु झल्किनेछ । सरकारले सानो सहयोग गरेको खण्डमा स्वदेशी उद्योगले ७० प्रतिशत हिस्सा ओगटन सक्छ भन्ने छ । त्यसैमा केन्द्रीत रहेर हामीले धेरै पटक छलफल पनि गरेका छौँ,’ उनले भने ।

नेपालमा ९५ अर्वको औषधि बजार देखिएको छ । त्यसमा करीब ४५ अर्व नेपाली उद्योगले ओगटेको बताईन्छ ।

सरकारले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने गरी कार्यक्रम ल्याएको खण्डमा अहिलेनै करीव ७० प्रतिशत हिस्सा ओगटन सक्ने नेपाली औषधि उद्योगहरुले बताउँदै आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *