चौबिस घण्टामा थप १५ जनामा कोरोना संक्रमण, १७ जना संक्रमणमुक्त

काठमाडौँ, २३ वैशाख । पछिल्लो चौबिस घण्टामा देशभर थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी आज थप १७ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार २ हजार ७५० जनाको पीसीआर नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टी भएको हो । १ हजार ३ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण भएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २१५ रहेको छ । आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



