बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलाइसिस मेसिन थप
धरान, १६ बैशख । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १२ वटा नयाँ डायलाइसिस मेसिन थप गरिएको छ। यसअघि ८ वटा वेडमा संचालित इन्टर्नल मेडिसिन विभाग अन्तर्गतको डायलाइसिस यूनिटलाई बिस्तार गर्दै २० बेडको बनाइएको छ ।
थप गरिएको १२ नयाँ वेडहरुलाई क्याथल्याबको अगाडि पट्टि नयाँ भवन निर्माण गरी छुट्टै डायलाइसिस यूनिट स्थापना गरिएको छ। प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले बिहीबार नयाँ डाइलासिस युनिटको उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै उनले थपिएका मेसिनले मिर्गौलाका बिरामीका लागि थप मद्धत पुग्ने बताए ।
प्रतिष्ठानका सहप्रवक्ता डा चुरामणि पोखरेलका अनुसार पहिले संचालनमा रहेको डायलाइसिस वार्डमा हालको आइसीयूलाई वेड संख्या वृद्धि गरी विस्तार गरिने योजना रहेको बताए ।
प्रतिष्ठानमा मासिक १ हजारको हाराहारीमा डायलाइसिस हुने गरेको छ।
सम्पर्क इमेल : [email protected]