टाइफाइडबिरुद्धको खोप लगाउन छुट्यो ? यी आठ वटा अस्पताल गएर लगाउनुस्

काठमाडौँ, १५ बैशाख । के तपाईँको बच्चा टाइफाइटबिरुद्धको खोप लगाउन छुटेको छ ? यदि छुटेको छ भने आजै तोकिएको अस्पतालमा गएर खोप लगाउनु होला ।

स्वास्थ्य कार्यालय काठमाडौँले टाइफाइड विरुद्धको खोप अभियानमा छुटेका बालबालिकाहरुका लागि आज र भोलि ( १५ र १६ बैशाख) ८ वटा सरकारी अस्पतालमा खोप अभियान सञ्चालन गर्दैछ ।

ती अस्पतालहरुमा शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर, बीर अस्पताल महावौद्ध, परोपकार महिला तथा स्त्री रोग अस्पताल थापाथली रहेका छन् । यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज र कान्ति बाल अस्पताल महाराजगञ्जमा पुगेर पनि आज र भोली छुटेका बालबालिकाले खोप लिन सक्नेछन् ।

टाइफाइड रोग विरुद्धको अभियानमा सरकारले १५ महिना देखि १५ सम्म उमेरका बालबालिकाहरुलाई खोप दिएको छ । अर्को महिना देखि भने यो खोप नियमित खोप कार्यक्रममा समावेश हुने र १५ महिना पुगेका बालबालिकालाई दिने योजना बनाएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंले गत २५ चैत देखि सुरु गरेको यो अभियान ११ बैशाखसम्म जारी राखेको थियो । सो अवधीमा छुट भएकाहरुका लागि आज र भोलीका लागि खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य कार्याालयका प्रमुख बसन्त अधिकारीले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *