चौबिस घण्टामा थप ११ जनामा कोरोना संक्रमण, १७ जना संक्रमणमुक्त

काठमाडौँ, १४ वैशाख । पछिल्लो चौबिस घण्टामा देशभर थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी आज थप १७ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ४ हजार ११९ जनाको पीसीआर नमुना परीक्षण गर्दा ८ जना र १ हजार ७७२ जनाको एन्टीजेन बिभिबाट नमुना परीक्षण गर्दा ३ जना गरी जम्मा ५ हजार ८९१ जनाको नमुना परीक्षण भएकोमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

देशभर सक्रिय संक्रमितको संख्या २५२ रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *