आमा र नर्स

ती पलहरु, हजुरको साथ हुँदाको याद धेरै आउँदछ आमा,
कुरा धेरै नै मनमा खेल्दछ, चाहेर पनि अभिव्यक्त गर्न नसकिने रहेछ आमा

नर्स भएकोले होला ढुक्कसंग
आमा स्वरूपका महिलाहरूको मन बुझ्ने गर्दछु आमा।
आमा भैकन नर्सको भूमिकामा जीवन निर्वाह गर्नेहरूलाई सदा अन्तरहृदय देखि प्रणाम गर्ने गर्दछु आमा।

नर्सहरुलाई हेप्ने, मान्छे नै नगन्ने जुनसुकै पेशानकर्मीहरुलाई,
जंगली जन्तुको रुपमा आभास गर्दछु आमा।

आचि खाने, आहालमा बस्ने, जंगली जनावरहरू,
आमा, दिदी- बैनीहरुमाथि कुदृष्टि लगाउने स्वाँठहरु,

जीवनमा अरु कसैलाई आदर सत्कार नगर्ने महामूर्खहरु,

यस्ताबाट कदापि नर्सहरुको महिमा र उहाँहरू भित्रको मर्म कहाँ बुझ्दछन् र आमा।

यस्ताहरुलाई मानव मुकुण्डोधारी पशु हो भनी आभास गर्दछु आमा।
यस्ताहरुले नर्सलाई मान र सम्मान दिन कहा जान्दछन् र आमा !!

त्यसैले निर्धक्कसाथ लेख्ने गर्दछु,
कुनै डर र कपट मनमा नराखी,
सबैलाई निर्धक्क साथ भन्ने गर्दछु,
जसले आमा चिन्दैनन्,
जसले आफ्ना दिदी बैनी र छोरीचेलीहरुलाई इज्जत दिँदैनन्,
त्यस्ताहरुले नै नर्स माथि खराब नियत राख्ने गर्दछ आमा !!

त्यसैले हिजोआज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय होइन आमा,
अस्वस्थ्य मान्छे हरुको जमघट हुने मन्त्रालय भनी परिभाषित गर्ने गर्दछु आमा।

नर्सहरु जहिले पनि पीडित र पछि पारिएको पाएको छू आमा।
किनकि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव, स्वास्थ्य अनुसन्धान परिषदको अध्यक्ष, विभिद विभाग र महाशाखा लगायत स्थानीय निकायहरुमा नर्सहरूलाई सम्मानजनक उपल्लो पद कहाँ दिलाएका छन् र आमा ?
त्यस्तै नर्सहरू माथि विविध पक्षबाट अति शोषण र पीडामा छटपटिएर दबिएर बस्न बाध्य पारिएको पाएको छु आमा !!

त्यो मान्छेहरु कदापि मान्छे नै हुन् सक्दैनन् आमा।

चाहे त्यो प्रधानमन्त्री नै किन नहुन,
चाहें त्यो प्रधानन्यायाधीश नै किन नहुन।
चाहे त्यो प्रधानसेनापति नै किन नहुन,
जसले आमाको मान मर्यादा ख्याल राख्न सक्दैनन,
जसले दिदी बैनी र छोरीहरुलाई इज्जत दिन सक्दैनन। ।

त्यसैले आमा, ती हजुरसंगको साथ निभाएका पलहरु याद धेरै आउँदछ,
कुराहरु धेरै नै मनमा सचित्र खेल्दछ,
चाहेर पनि अभिव्यक्त गर्न नसकिने रहेछ आमा !!

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *