चौबिस घण्टामा थप १८ जनामा कोरोना संक्रमण, १७ जना डिस्चार्ज

136
Shares

काठमाडौँ, १० वैशाख । पछिल्लो चौबिस घण्टामा देशभर थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी आज थप १७ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ४ हजार ९४७ नमुना परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

देशभर सक्रिय संक्रमितको संख्या २८३ रहेको छ । जसमध्ये होम आइसोलेसनमा २८१ र संस्थागत आइसोलेसनमा २ जना रहेका छन् । आइसीयू र भेन्टीलेटरमा उपचार गराउनेको संख्या भने शून्य रहेको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *