चौबिस घण्टामा थप १८ जनामा कोरोना संक्रमण, १७ जना डिस्चार्ज

काठमाडौँ, १० वैशाख । पछिल्लो चौबिस घण्टामा देशभर थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी आज थप १७ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ४ हजार ९४७ नमुना परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

देशभर सक्रिय संक्रमितको संख्या २८३ रहेको छ । जसमध्ये होम आइसोलेसनमा २८१ र संस्थागत आइसोलेसनमा २ जना रहेका छन् । आइसीयू र भेन्टीलेटरमा उपचार गराउनेको संख्या भने शून्य रहेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *