डब्लुएचओसंगको सहकार्यमा मदिरा नियन्त्रण सम्वन्धी ‘सेफर’ परियोजना सुरु गर्दै सरकार

काठमाडौं, ७ बैशाख । सरकारले मदिराबाट हुने क्षति तथा मृत्युको रोकथाम र न्यूनीकरणका लागि मदिरा नियन्त्रण पहल (सेफर इनिसिएटिभ) कार्यान्वयनमा ल्याएको छ । विश्व स्वास्थ्य संगठन र अन्य साझेदारहरुसंगको साझेदारीमा मंगलबारबाट सेफर इनिसिएटिभ कार्यान्वयनमा ल्याएको हो ।

सेफर कार्यान्वयनमा आएपछि नेपालमा मदिरा नियन्त्रणमा प्राथमिकता अनुरुपका कम लागत तथा प्रभावकारी रणनीति र कार्यक्रमहरुको कार्यान्वयनमा तिब्रता हुने बताइएको छ । पहिलो चरणमा मदिराको हानिकारक प्रयोगको समस्याको मूल्याकंन र हालको मदिरा नियन्त्रण नीति कार्यक्रम र समन्वय संयन्त्रलाई साझेदारीको पहिलो चरणमा अघि बढाउने बताइएको छ ।

यसपछि सरकार र सेफर इनिसियटिभले संयुक्त रुपमा काम गर्ने भनिएको छ ।

यो परियोजनाले मदिराको मूल्य निर्धारण गर्ने, कर सम्वन्धी नीति, इजाजत पत्र, वितरण र मदिराको बिक्री मदिरामा व्यापारिक प्रचार नियमन मदिरा र सवारी नीति प्रारम्भिक पहिचानका लागि स्वास्थ्य सेवाहरु र मदिराबाट हुने स्वास्थ्य समस्याको उपचार पहल लगायतमा कार्यरत सरकारी निकायसंग सहकार्य गर्ने बताइएको छ ।

मदिराको प्रयोगका कारण संसारमा बार्षिक ३० लाख बढी मानिसले ज्यान गुमाउने गरेको डव्लुएचओको तथ्यांक छ ।

नेपालमा १५ देखि ५९ वर्ष समूहका २३.९ प्रतिशत जनताले विगत १२ महिनामा मदिराको प्रयोग गर्ने गरेको तथ्यांक स्टेप्स सर्भे २०१९ ले देखाएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *