थपिए १० जना कोरोना संक्रमित, ३४ जना निको भए

काठमाडौँ, ५ वैशाख । पछिल्लो चौबिस घण्टामा देशभर थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ३४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ३ हजार ६ सय पीसीआर नमुना परीक्षण गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १ हजार ९१ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १ जनाको कोरोना संक्रमण पुष्टि हो ।

त्यसैगरी आइसीयूमा ५ र भेन्टीलेटरमा १ संक्रमित उपचाररत रहेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३५० रहेको छ । आज पनि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *