चार महिना देखि फलामे साङ्लोमा बाँधिएका युवकको बीएण्डसीले गर्‍यो उद्धार

नि:शुल्क उपचार गरिदिने घोषणा

झापा, ५ जेठ । खर्चको अभावमा उपचार गर्न नसकी घरमै फलामे साङ्लोमा बाधिएका एक मानसिक बिरामीको बिर्तामोडस्थित बीएण्डसी अस्पतालले उद्धार गरेको छ । उद्धार गरिएका बिरामीको निशुल्क उपचार गरिदिने समेत घोषणा गरेको छ ।

गत पुस देखि मानसिक सन्तुलन गुमाएका हल्दिबारीका २३ वर्षीय गंगाप्रसाद ढकाललाई परिवारका सदस्यले घरमै साङ्लोमा बाँधेर राखेका थिए । सो जानकारी पाए लगत्तै बीएण्डसीका कार्याकारी निर्देशक एवं नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईं नेतृत्वको टोली सोमबार घरमै पुगेर ती युवाको उद्धार गरेका हुन् ।

मानसिक रोगका बिरामी भएको तर खर्च अभावमा उपचार गर्न नसकेको भन्ने जानकारी पाएँ । त्यसपछि हाम्रो टोली गएर उद्धार गरेको हो । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईँले भने ।

‘झापामा कुनै पनि व्यक्ति पैसा नभएर उपचारबाट बञ्चीत नहोस भनेर अभियान नै चलाएको छु, ’ प्रसाईँले भने, ‘२१ औं शताव्दीमा पनि मान्छेले दाम्लोमा बाधिएर बस्नु पर्ने बाध्यता हुनु दुखद हो ।’

बिरामीलाई सोमबार नै बिएण्डसी ल्याएर स्वास्थ्य परीक्षण सुरु गरिने अस्पतालका जनप्रशासन अधिकृत प्रमिस गिरीले जानकारी दिए । पुष देखि मानसिक अवस्था विग्रीएका ढकालको उपचार गर्ने पैसा नहुँदा बाध्यताले घरमै साङ्गलोले बाधेर राख्नुपरेको उनका बुबाचन्द्र प्रसाद ढकालले जानकारी दिए ।

अस्पतालका कार्यकारी निर्देशक प्रसाइले यसअघि पनि एक मानसिक बिरामी बालकको उद्दार गरी उपचार गराएका थिए। महिनौं देखि उपचारको अभावमा खोरमा थुनिन बाध्य बालकको उनले उपचार गराएका हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *