सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार, आईसीयूबाट डिलक्समा सारियो

काठमाडौँ, ४ बैशाख । किष्ट अस्पतालमा उपचाररत शताव्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार आएको छ । अस्पतालले  जोशीको मुटुको चाल सम्वन्धी भएको गडबढी अहिले नियन्त्रणमा आएको जनाएको छ ।

मुटुको चाल सम्वन्धी गडबढी नियन्त्रणमा आएपछि जोशीलाई अहिले आईसीयू केयरबाट डिलक्स सुईटमा स्थानान्तरण गरेको जानकारी दिएको छ । यद्धपी अस्पतालले अहिले पनि जोशीलाई पिसाव सम्वन्धी संक्रमण, मुटु सुन्निएको र मुटुको चाल सम्वन्धी गडबढी र श्वास प्रश्वास नलिको फाइब्रो ब्रोङिकएक्टेसिस सम्वन्धी समस्याको उपचार जारी रहेको उल्लेख गरेको छ ।

जोशीको उपचारमा डा मिलेश जंग सिजापति तथा प्राडा रामभक्त कोजीको संयुक्त नेतृत्वमा इन्टरनल मेडिसिन, पल्मोनोलोजी,कार्डियोलोजी, युरोलोजी, नेफ्रोलोजी र क्रिटिकल केयर तथा अन्य विधाका चिकित्सक सहभागी भई उपचार जारी राखेका छन् ।

स्वास्थ्यमा गडबढी भएपछि जोशी गत १ बैशाख देखि किष्ट अस्पतालमा उपचाररत छन् । किष्टले गत तीन वर्ष देखि जोशीको उपचार निशुल्क गर्दै आईरहेको छ ।

जोशी आगामी वैशाख ३० गते उमेरले १ सय ३ वर्ष लाग्नेछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *