यो हो काठमाडौँ महानगरका लागि विवेकशील साझाले बनाएको चुनावी घोषणा पत्रमा परेका स्वास्थ्यका सात बुँदा
काठमाडौँ, ४ बैशाख । आगामी ३० बैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि राजनैतिक दलहरुले आफ्ना उम्मेद्धार र घोषणा तथा प्रतिज्ञापत्र पत्रहरु बनाउने र सार्वजनिक गर्ने क्रम सुरु हुन थालेको छ ।
शनिबार मात्रै विवेकशील साझा पार्टीले आगामी ३० बैशाखमा हुने निर्वाचनका लागि काठमाडौँ महानगर पालिकाकाको मेयर उपमेयर पदका उम्मेद्धार सार्वजनिक गरेको छ । साथै उसले महानगरपालिकाको लागि आफ्नो चुनावी प्रतिज्ञापत्र पत्र समेत सार्वजनिक गरेको छ ।
विवेवशीलका अनुसार काठमाडौँ महानगरको मेयर पदमा पार्टीको केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य समीक्षा बास्कोटा र उपमेयरको उम्मेद्धारा पार्टीको केन्द्रीय सदस्य कीर्ति तुलाधरलाई बनाएको छ ।
उसले उम्मेद्धारसंगै आफूले जितेमा महानगरको विकासका लागि गर्ने विभिन्न विषयगत प्रतिज्ञापत्र तयार गरेको छ ।
यसैक्रममा स्वास्थ्य तर्फ विवेकशीलले सात बुँदाको प्रतिज्ञापत्र तयार गरेको छ । जसमा स्वास्थ्य बीमा र गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य निशुल्क हुने गरी वडा क्लिनिक संचालन गर्ने लगायतका छन् ।
अरु के के छन् ? हेरौँ स्वास्थ्यका सात बुँदा
१. बीमासहितको नियमित स्वास्थ्य परीक्षण प्रवर्द्धन गरी सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चितताका लागि लगानी, अनुगमन र नियमन गरिनेछ।
२. महानगरका हरेक वडामा प्राथमिक उपचार र आधारभूत स्वास्थ्य परीक्षण निस्शुल्क हुने गरी ूवडा क्लिनिकू सञ्चालन गरिनेछ।
३. मातृशिशु र ज्येष्ठ नागरिकको स्वास्थ्य रक्षाका लागि स्वास्थ्य केन्द्रमा आवश्यक जनशक्ति र सुविधा वृद्धि गरिनेछ।
४. सबै उमेर समूहका नागरिकको मानसिक तथा मनोसामाजिक स्वास्थ्यका लागि स्वास्थ्य केन्द्रमा विशेषज्ञहरूको व्यवस्था गरिनेछ।
५ .महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र तेस्रो लिङ्गीको विशेष आवश्यकता पुरा गर्ने खालको सेवा सुविधाको व्यवस्था गरिनेछ।
६. अनाथ, असहाय बालबालिका तथा नागरिकहरूलाई निस्शुल्क आवास सहित पूर्ण रेखदेखको व्यवस्था मिलाइनेछ।
७. अध्ययनरत तथा कामकाजी महिलाहरूका लागि शिशु स्याहार तथा रेखदेख केन्द्र व्यवस्था गरिनेछ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com



नेपाली हेल्थ 
