सत्यमोहन जोशी अस्पताल भर्ना

काठमाडौँ, ३ बैशाख । संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन् । मुत्र प्रणालीमा संक्रमण र मुटुको चालमा गडबडी देखिएकोले उनलाई बिहीबार किस्ट मेडिकल अस्पतालमा भर्ना गरिएको हो ।

यसअघि पनि स्वास्थ्यमा समस्या देखा परेपछि एकसाता अस्पताल भर्ना गरेर फागुन २ गते डिस्चार्ज गरेको अस्पतालले जनाएको छ ।

उनको स्वास्थ्य स्थिति सामान्य रहेको अस्पतालले जानकारी दिएको छ । जोशी आगामी वैशाख ३० गते उमेरले १ सय ३ वर्ष लाग्नेछन् ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *