कोभिडका लागि करारमा भर्ना गरिएका २५ प्रतिशत स्वास्थ्यकर्मीको मात्रै म्याद थप हुने

काठमाडौँ, ३० चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीको समयमा करारमा भर्ना भएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको करार अवधि तीन महिना थप्न अनुमति दिएको छ।

तर त्यसरी म्याद थपिएका स्वास्थ्यकर्मी तथा कर्मचारीको संख्या हाल कार्यरत संख्याको २५ प्रतिशत मात्रै कायम गर्न अस्पताल, शिक्षण अस्पताल, प्रतिष्ठान र प्रयोगशालालाई ध्यानाकर्षण गराएको छ ।

बुधबार मन्त्रालयले सार्वजनिक गरेको परिपत्रमा कोभिडको संक्रमण न्युन रहेको कारण संख्या घटाएर करार अवधी थप गर्न भनिएको छ ।

मन्त्रालयले सचिवस्तरिय निर्णय गर्दै हाल कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीको एक चौथाई नबढ्ने गरी २०७९ बैशाख महिना देखी असार मसान्त (३ महिना) सम्म थप्न सकिने निर्णय भएको जनाएको छ।

‘कोभिड- १९ को रोकथाम, नियन्त्रण तथा उपचार गर्न स्वीकृत दरवन्दी अनुसार पदरिक्त भएमा जनशक्ती व्यस्थापन गर्न र करारमा भर्ना भएका स्वास्थ्यकर्मी र कर्मचारीहरुको करार अवधि आवश्यकता अनुसार हाल कार्यरत कर्मचारीहरुको एक चौथाई (२५ प्रतिशत) संख्या नबढ्ने गरी ३ महिनासम्म थप्न सकिने नेपाल सरकार सचिवस्तरको निर्णयानुसार अनुरोध छ।’ मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईद्धारा प्रेशीत पत्रमा उल्लेख छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *