नेपाल फार्मास्यिुटिकल एसोसिएसनको ३८ औँ साधारणसभा तथा ५० औँ बार्षिकोत्सव सम्पन्न

काठमाडौँ, ३० चैत ।  नेपाल फार्मास्युटिकल एसोसिएसनको ३८ औँ साधारण सभा तथा ५० औँ बार्षिकोत्सव सम्पन्न भएको छ । गत सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष समारोहकाबीच साधारणसभा तथा बार्षिकोत्सव मनाइएएको हो ।

सो अवसरमा साधारण सभाले संस्थाको केही विधान संसोधन गरेको छ । संसोधित विधानले अब प्रदेशमा कार्यसमिति बिस्तार गर्न बाटो खुलाएको छ । यस्तै डिप्लोमा फार्मेसीका पढेका व्यक्तिले पनि सदस्यता लिन पाउने बाटो खुल्ला गरेको छ ।

साधारण सभाले नयाँ कार्यसमिति गठन गर्नका लागि आगामी २८ जेठमा निर्वाचन गर्ने समेत मिति तोकेको छ ।

स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङले उद्घाटन गरेको बार्षिकोत्सव तथा साधारणसभाको खुल्ला सत्रमा एसोसिएसनका संस्थापक अध्यक्ष डा. पुरुषोत्तम नारायण सुवाल तथा संस्थापक समितिका अन्य अग्रज फार्मेसिस्ट तथा डाक्टरहरुलाई सम्मान गरिएको थियो ।

साधारणसभामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि व्यवस्था विभाग, राष्ट्रिय औषधि प्रयोगशाला, नेपाल फार्मेसी परिषद, नेपाल औषधि लिमिटेड, नेपाल औषधि उत्पादक संघ, नेपाल औषधि व्यवसायी संघ, काठमाडौँ बिश्वबिद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालयबाट प्रतिनिधिहरु उपस्थित भएका थिए ।

उपस्थित प्रतिनिधीहरुले एसोसिएसनको लामो ईतिहास, औषधि क्षेत्रमा गरेको योगदान, समयसामयिक चुनौती आदिका बिषयमा छलफल समेत गरेका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *