स्वास्थ्य अनुसन्धानको क्षेत्रमा उत्कृष्ठ कार्य गर्ने एघार जनालाई अवार्ड तथा पुरस्कार

काठमाडौँ, २९ चैत । स्वास्थ्य अनुसन्धानको क्षेत्रमा उत्कृष्ठ काम गरेका एघार जना व्यक्तिहरुले अवार्ड पाएका छन् । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं शिखर सम्मेलन समापनको अवसरमा आज आयोजित कार्यक्रममा स्वास्थ्य क्षेत्रका बरिष्ठ व्यक्तित्व, युवा बैज्ञानिक तथा अनुसन्धानका क्षेत्रमा सहयोग गर्ने कर्मचारीलाई अवार्ड प्रदान गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा श्यामसुन्दर यादव, परिषदका अध्यक्ष प्राडा गेहनाथ बराल सहितका पदाधिकारीहरुले अवार्ड वितरण गरेका थिए ।

त्यसो त परिषदले अवार्ड छनौट गर्न प्राडा भगवान कोइरालाको संयोजकत्वमा एक समिति गठन गरेको थियो । सो समितिले गरेको छनौटको आधारमा अवार्ड वितरण गरिएको परिषदले जनाएको छ ।

यी हुन् अवार्ड विजेताहरु
१.  मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट ओराटन अवार्ड – प्राडा रिता थापा
२. एनएचआरसी बेष्ट इम्प्लोई अवार्ड – अजयकुमार लाल कर्ण
३.एनएचआरसी बेष्ट सेक्सन अवार्ड –  इथिकल रिभ्यु मोनिटरिङ एण्ड इभ्यालुसन सेक्सन
४. बेस्ट रिसर्च पेपर अवार्ड – डा. गुणराज ढुंगाना
५. एनएचआरसी योङ्ग हेल्थ अवार्ड (हेल्थ साइन्सतर्फ) – अच्युतराज पाण्डे
६.मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट योङ्ग हेल्थ रिसर्च अवार्ड (मेडिकल डाक्टर तर्फ) – डा. अपेक्षा निरौला
७. मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट योङ्ग हेल्थ रिसर्च अवार्ड (एनएचआरसी कर्मचारी) – अनिल पौडेल
८. हेल्थ रिसर्चर अवार्ड – डा. सरुमा घिमिरे
९. बेष्ट रिसर्च पेपर (पोष्टर) – सोनिया श्रेष्ठ
१०. बेष्ट रिसर्च पेपर (ओरल) – डा. रबा थापा
११. हेल्थ रिसर्च लाइफटाइम एचिभमेन्ट अवार्ड – प्राडा मदनप्रसाद उपाध्याय

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *