पाल्पामा ८३ प्रतिशतले लगाए टाइफाइडबिरुद्धको खोप

सबैभन्दा बढी ९७ प्रतिशत खोप पूर्वखोला गाउँपालिकामा लगाइयो

पाल्पा, २९ चैत । पाल्पामा पछिल्लो छ दिनमा ८३ प्रतिशत बालबालिकाले टाइफाइड विरुद्धको खोप लगाएका छन् । दुईवटा नगरपालिका र आठ गाउँपालिका सहित १० वटा स्थानीय तह रहेको पाल्पामा गत २३ चैत देखि टाइफाइडविरुद्धको खोप अभियान चलाइएको छ ।

अभियानमा जन्मेको १५ महिना देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई यो खोप दिइएको छ । स्वास्थ्य कार्यालय पाल्पाले यो अभियान ३० चैत (भोली)सम्म चल्ने जनाएको छ ।

कुन पालिकामा कति कभरेज ?
स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा राजेन्द्र गिरीले छ दिनको अवधीमा सबैभन्दा बढी ९७.१४ प्रतिशत खोप पूर्वखोला गाँउपालिकामा लगाइएको बताए ।

दोस्रो बढी लगाउने ९५.३८ प्रतिशत कभरेज निस्दि गाउँपालिकामा भएको बताए ।

यस्तै रम्भा गाँउपालिका ९०.७२ प्रतिशत, रैनादेवी छहरामा ८४.७० प्रतिशत, रामपुर नगरपालिकामा ८४.२५ प्रतिशत, तानसेन नगरपालिकामा ८२.५१ प्रतिशत र माथागढी गाँउपालिकामा ८०.१३ प्रतिशत बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाएका छन् ।

डा गिरीले रिव्दीकोटा गाँउपालिकामा ७४.९० प्रतिशत, बागनासकाली गाँउपालिकामा ७३.४५ र तिनाहुँ गाँउपालिकामा ६८.२३ प्रतिशतले खोप लगाएको बताए ।

सबैभन्दा कम कभरेज देखिएको तिनाहुँ र बगनासकाली गाँउपालिकामा २५ चैत देखि अर्थात ४ दिन मात्रै खोप चलेको छ । रामपुर नगरपालिका र रिब्दीकोट नगरपालिकामा पनि २८ चैतको विवरण उल्लेख छैन् ।

उनले जिल्लामा १५ महिना देखि १५ वर्ष मुनिका बालबालिकाको संख्या ७१ हजार ८७ जना रहेकोमा अहिलेसम्म ५९ हजार ८३ जना अर्थात ८३.११ प्रतिशतलाई खोप लगाइएको जानकारी दिए ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *