चौबिस घण्टामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २४ चैत । पछिल्लो चौबिस घण्टामा देशभर थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप २५ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको जानकारी अनुसार २ हजार ८१९ पीसीआर नमुना परीक्षण गर्दा ७ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।  १ हजार ८४९ एन्टीजेन बिधिबाट नमुना परीक्षण पनि भएको छ ।

त्यसैगरी आइसीयूमा ११ र भेन्टीलेटरमा १ जना संक्रमित उपचाररत रहेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ७४७ रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *