नर्सिङ क्याम्पस महाराजगञ्जका विद्यार्थीद्धारा तारकेश्वरमा नि:शुल्क स्वास्थ्य शिविर

काठमाडौँ, २३ चैत । नर्सिङ क्याम्पस महाराजगञ्जमा अध्ययनरत बीएनएस दोस्रो वर्षका विद्यार्थीहरुले  काठमाडौँको तारकेश्वरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् ।

उनीहरुले  बुधबार तारकेश्वर नगरपालिका वडा नं – ३ स्थित बसन्त कोलोनीमा ४५ वर्ष माथि उमेर समूहलाई लक्षित गरी शिविर सञ्चालन गरेका हुन् ।

शिविरमा सामान्य स्वास्थ्य परीक्षण, मधुमेह परीक्षण, कोरोनाविरुद्धको खोप र अन्य स्वास्थ्य सम्वन्धी परामर्श सेवा दिईएको बीएनएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी मनकान्ति श्रेष्ठले बताईन् । उनका अनुसार शिविरमा २३० जना स्थानीयले स्वास्थ्य सेवा तथा परामर्श लिएका थिए ।

 

शिविरमा ग्रीनसिटी अस्पताल बसुन्धरामा कार्यरत र यसअघि धुलिखेल अस्पतालमा कार्यरत  ६ जना चिकित्सकहरुको सहभागिता थियो । यस्तै काभ्रेस्थली स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु र नर्सिङ क्याम्पसका बीएनएस दोस्रो वर्षमा अध्ययनरत  १६ जना  विद्यार्थीहरु खटिएका थिए ।

यस्तै होराईजन नेपाल अस्पताल नेपालटारको पनि सहयोग रहेको थियो ।

यसैगरी बसन्त कोलोनी टोल सुधार समितिले शिविर सफल बनाउन विशेष सहयोग गरेको श्रेष्ठले बताईन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *