पाल्पामा टाइफाइडविरुद्धको खोप सुरु

पाल्पा, २३ चैत । पाल्पामा आजै देखि बालबालिकाहरुलाई टाइफाइडविरुद्धको खोप लगाउन सुरु गरिएको छ । टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियान सञ्चालनको मिति २५ चैत देखि १८ बैशाखसम्मका लागि तोकिएको भएपनि पाल्पाले दुई दिन अघि देखि नै खोप सुरु गरेको हो ।

स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा राजेन्द्र गिरीका अनुसार तानसेन नगरपालिकाले आज विहान नारायणस्थानमा रहेको देवबाणी स्कुलबाट अभियानको सुरुवात गरेको छ । जिल्ला समन्वय समिति प्रमुख मिरा मरासिनी र तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले खोप हस्तान्तरण गरि अभियानको सुभारम्भ गरेका हुन् ।

यस्तै पूर्वखोला गाउँपालिकाले पनि आजबाटै खोप सञ्चालन गरेको छ । गाँउपालिकाका अध्यक्ष नुनबहादुर थापाले आज विरकोटमा सम्छिप्त कार्यक्रम गरी अभियानको शुभारम्भ गरेका हुन् ।

सरकारले १५ महिना देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिन भनेको छ । पाल्पामा सो उमेर समूहका बालबालिकाको संख्या ७१ हजार ५५१ जना रहेको छ । त्यसका लागि ७८० वटा खोप केन्द्र तोकिएको छ । खोप केन्द्रहरु अधिकांश विद्यालय तोकिएको छ ।

यस्तै १ हजार ७५ जना स्वयंसेवक, महिला शिक्षक ४५३ जना, स्वास्थ्य स्वयंसेविका ६२२ जना तोकिएका छन् । आज देखि सुरु भएको यो अभियान ३० चैतसम्म चल्ने जिल्ला प्रमुख डा गिरीले बताए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *