बाँके : जेष्ठ नागरिकलाई गाउँघरमै निःशुल्क स्वास्थ्य सेवा

124
Shares

 

बाँके, २२ चैत । बाँकेको खजुरा गाउँपालिकाले जेष्ठ नागरिकका लागि गाउँघरमै पुगेर निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ। सोमवारदेखि सुरु भएकोे गाउँघर निःशुल्क स्वास्थ्य सेवा २८ गतेसम्म सञ्चालन हुने गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए।

उनले स्वास्थ्य सेवाबाट कोही नागरिक वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले गाउँपालिकाले स्वास्थ्यमा विशेष लगानी गरेको बताए। अध्यक्ष कक्षपतिका अनुसार हरेक वर्ष गाउँ टोलमै पुगेर शिविर सञ्चालन गरी प्रदान गरिएको स्वास्थ्य सेवाबाट जेष्ठ नागरिकलाई राहत पुगेको महसुस भएको छ।

जेष्ठ नागरिकका लागि विशेषज्ञ तथा ल्यावसहितको निःशुल्क स्वास्थ्य शिविर वडा वडामै सुरु गरिएको खजुरास्थित स्वास्थ्य शाखाका प्रमुख सुदिप पौडेलले जानकारी दिए।

वडा नम्बर २ सितापुरबाट सुरु गरिएको कार्यक्रम चैत २८ गते सोनपुर स्वास्थ्य चौकीमा पुगेर समापन हुने उनको भनाइ थियो। नेपालगञ्जका वरिष्ठ चिकित्सक प्रकाश नागसहितको टोलीले जेष्ठ नागरिकको स्वास्थ्य जाँच गर्दै आएका छन्।

सोमवार १६८ जेष्ठ नागरिकले जचाएकामा अधिकांशमा उच्च रक्तचाप र मधुमेहको समस्या देखिएको शाखा प्रमुख पौडेलले बताए।

रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *