चौबिस घण्टामा ५०५९ परीक्षण गर्दा ३३ जनामा कोरोना संक्रमण

काठमाडौँ, २१ चैत । पछिल्लो चौबिस घण्टामा देशभर थप ५ हजार ५९ नमुना परीक्षण गर्दा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ८९ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार २ हजार ९४२ पीसीआर नमुना परीक्षण गर्दा ३२ जनाको र २ हजार १७ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण भएकोमा १ जना गरी ३३ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

त्यसैगरी आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ। आइसीयूमा १५ र भेन्टीलेटरमा २ जना संक्तमित उपचाररत रहेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ८ सय ४२ रहेको मन्त्रालयले जनाएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *