चौबिस घण्टामा ६९०९ परीक्षण गर्दा २३ जनामा कोरोना संक्रमण
काठमाडौँ, २० चैत । पछिल्लो चौबिस घण्टामा देशभर थप ६ हजार ९ सय ९ नमुना परीक्षण गर्दा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ६६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार ५ हजार ८४७ पीसीआर नमुना परीक्षण गर्दा २३ को रीपोर्ट पोजेटिभ आएको हो । साथै १ हजार २६२ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण भएको छ ।
त्यसैगरी आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ। आइसीयूमा १५ र भेन्टीलेटरमा २ जना संक्तमित उपचाररत रहेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ८ सय ९९ रहेको मन्त्रालयले जनाएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]