चौबिस घण्टामा थपिए ३८ जना कोरोना संक्रमित

96
Shares

काठमाडौँ, ९ चैत । पछिल्लो चौबिस घण्टामा देशभर थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप २ सय ६९ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जारी गरेको बिबरण अनुसार ३ हजार ८ सय ५५ पीसीआर नमुना परीक्षण गर्दा ३४ र १ हजार ५ सय २१ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ४ गरी ३८ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १३ जना थपिएका छन् भने ललितपुर र भक्तपुरमा आज कुनै संक्रमित भेटिएको छैन ।

त्यसैगरी आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ। आइसीयूमा २१ र भेन्टीलेटरमा २ जना संक्तमित उपचाररत रहेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ५३ सयरहेका छन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *