चौबिस घण्टामा थपिए ३८ जना कोरोना संक्रमित
काठमाडौँ, ९ चैत । पछिल्लो चौबिस घण्टामा देशभर थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप २ सय ६९ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जारी गरेको बिबरण अनुसार ३ हजार ८ सय ५५ पीसीआर नमुना परीक्षण गर्दा ३४ र १ हजार ५ सय २१ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ४ गरी ३८ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।
त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १३ जना थपिएका छन् भने ललितपुर र भक्तपुरमा आज कुनै संक्रमित भेटिएको छैन ।
त्यसैगरी आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ। आइसीयूमा २१ र भेन्टीलेटरमा २ जना संक्तमित उपचाररत रहेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ५३ सयरहेका छन् ।
सम्पर्क इमेल : [email protected]