'पान'को दशौँ राष्ट्र्रिय महाधिवेशनको नतिजा

नेपाल स्वास्थ्य प्राविधिक संघको अध्यक्षमा बसन्त श्रेष्ठ निर्वाचित, महासचिवमा श्याम ओली

काठमाडौँ, ८ चैत । नेपाल स्वास्थ्य प्राविधिक संघ (पान)को अध्यक्षमा बसन्त श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । संघको आज सम्पन्न दशौँ राष्ट्र्रिय महाधिवेशनबाट उनी निर्विरोध निर्वाचित भएका हुन् ।

महाधिवेशनले शोभा गौतमलाई  बरिष्ठ उपाध्यक्षमा निर्वाचित गरेको छ । यस्तै उपाध्यक्षमा ध्रुवकुमार पोखरेल, गणेश श्रेष्ठ, माइकल देवकोटा, सञ्जय साह निर्वाचित भएका छन् । महासचिवमा श्याम ओली, सचिवमा गोपालप्रसाद गौतम, कोषाध्यक्षमा कल्पना पाण्डे सह कोषाध्यक्षमा छिरिङ डोमा शेर्पालाई निर्वाचित गरेको छ ।

केन्द्रीय सदस्यहरुमा बाँकेबाट चन्द्र खड्का र बर्दियाबाट रामेश्वर खनाल निर्वाचित भएका छन् ।

७५ सदस्यीय कार्यसमितिमा अन्य पदाधिकारी तथा सदस्यहरु नाम केही वेरमा प्रकाशित हुनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “नेपाल स्वास्थ्य प्राविधिक संघको अध्यक्षमा बसन्त श्रेष्ठ निर्वाचित, महासचिवमा श्याम ओली

  1. हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *