बीएण्डसी लियो १५०० विपन्न नागरिकको स्वास्थ्य बीमाको जिम्मा

झापा, ७ चैत । बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेज शिक्षण अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पतालले बाह्रदशी गाँउपालिकाका १ हजार ५ सय गरीब तथा विपन्न परिवारको स्वास्थ्य बीमा गर्ने जिम्मा लिएको छ ।

अस्पतालले सोमबार एक कार्यक्रमको आयोजना गरी बिपन्नका परिवारको विमाङ्क शुल्क तिरेर उनीहरुलाई स्वास्थ्य बीमा परिचय पत्र उपलव्ध गराएको हो ।

सो अवसरमा बोल्दै अस्पतालका कार्यकारी निर्देशक तथा नेकपा एमाले केन्द्रीय नेता दुर्गा प्रसाईले अस्पतालको तर्फबाट प्रति परिवार ३५०० बीमा शुल्क तिरिदिएको घोषणा गरे । उनले आर्थिक अभावका कारण कोही पनि उपचारबाट बन्चित हुन नपरोस भनेर बीएण्डसीले यो कार्यक्रम अघि बढाएको बताए । दुवै अस्पतालका सञ्चालक समेत रहेका प्रसाईंले सामाजिक उत्तरदायित्व वहन गरेको समेत सुनाए ।

‘म दानवीर हैन। तर, म नेपाल आमाको छोरा भएकोले दुख थोरै बाडौं भनेर म यहाँ आएको हुँ। शिक्षा र स्वास्थ्य जस्ता आधारभूत कुराबाट नागरिक बन्चित हुनु हुँदैन भन्ने मेरो धारणा हो। अहोरात्र नागरिकको सेवामा खटिरहेको हाम्रो अस्पतालले उपचारका लागि आएका नागरिकलाई हुने सक्ने सेवा सुविधामा छुट गरिदिने छ। ’उनले भने ।

प्रदेश सांसद वसन्त बानियाँले जिल्लाको पछाडी परेको क्षेत्रमा निशुल्क स्वास्थ्य बीमा कार्यक्रम गरेर स्वस्थ्य नागरिक बनाउने महा अभियान सुरु भएको बताए । उनले यस्तो कार्यले गरीब तथा विपन्नको जीवनमा ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा बिरेन्द्रकुमार यादवले निस्शुल्क स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य क्षेत्रका लागि आफ्नो अस्पतालको तर्फबाट सुरु गरिएको एक महत्वकांक्षीय योजना भएको बताए । उनले यसबाट पिछडिएका नागरिकलाई ठूलो राहत मिल्ने विश्वास व्यक्त गरे ।

डा यादवले क्यान्सर बिरामीका लागि स्वास्थ्य बीमा अझ महत्वपूर्ण र ठूलो सहयोग भएको बताए । उनले पूर्वाञ्चल क्यान्सर अस्पतालले ४० वर्ष माथिका महिलाको पाठेघर र स्तन क्यान्सरको निस्शुल्क स्क्रीनिङ गरिरहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *