नेपाल ट्रान्सप्लान्टेसन सोसाइटीमा नयाँ कार्यसमिति, अध्यक्षमा डा. ऋषिकुमार काफ्ले

236
Shares

काठमाडौं, ६ चैत । नेपाल ट्रान्सप्लान्टेसन सोसाइटीको अध्यक्षमा मिर्गौला रोग विशेष डा. ऋषिकुमार काफ्ले चयन भएका छन्। शनिबार भएको साधारणसभाले

उपाध्यक्षमा प्राडा दिब्या सिंह र महासचिव प्राडा प्रेमराज ज्ञवाली चयन भएका छन्।

सोसाइटीको कोषाध्यक्ष डा. मुकुन्द काफ्ले चयन भएका छन्। त्यस्तै, सहसचिवमा प्राडा सुभाष आचार्य र सह कोषाध्यक्षमा डा. अनिल श्रेष्ठ चयन भएका छन्।

सदस्यहरूमा डा. पवन चालिसे, प्राडा महेश सिग्देल, डा शैलेन्द्र श्रेष्ठ, डा छेतेन योन्जन र डा अरुण शर्मा चयन भएका छन् ।

शनिबार साधारण सभा सुरू हुनुभन्दा पहिला नेपाल ट्रान्सप्लान्टेसन सोसाइटीले मस्तिष्क मृत्युपछि गरिने अंग प्रत्यारोपणसम्बन्धी कार्यशाला गोष्ठी समेत गरेको थियो।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *