आउँदो बर्षका लागि स्वास्थ्यले पाएको ७४ अर्बको बजेट सिलिङ ४२ संस्थालाई कसरी बाँढियो ?

काठमाडौँ, १ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष २०७९/८० का लागि राष्ट्रिय योजना आयोगबाट पाएको ७४ अर्व बढीको बजेट सिलिङ आफू र मातहतका ४१ वटा निकायलाई बाँडफाँड गरेको छ ।

उसले चालू तथा पुजीगत गरी आफूलाई १ अर्व ३१ करोड ८ लाख राखेको छ भने बाँकी बजेटको सिलिङ अरु ४१ वटा निकायहरुलाई बाढेको छ । त्यसमा विभाग, महाशाखा, अस्पताल, प्रतिष्ठान, केन्द्र, औषधालय लगायत छन् । उनीहरुले स्वास्थ्यले बाढेको सिलिङ भित्र रहेर आगामी आर्थिक बर्षका लागि कार्यक्रमहरु बनाउनुपर्ने हुन्छ ।

आयोगले ७४ अर्व ३ करोड ५ लाख भित्र रहेर आगामी आर्थिक वर्षको कार्यक्रमहरु बनाउन बजेट सिमा तोकेको हो । चालु आर्थिक बर्षका लागि गतवर्ष आयोगले ६३ अर्व ८६ करोड ९५ लाखको बजेट सिलिङ पाएको थियो ।

हेरौँ स्वास्थ्यले पाएको ७४ अर्वको बजेट सिलिङ कुन संस्थालाई कसरी बाढियो ?

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *