तीन साता भित्र वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बोलाईदै
काठमाडौँ, १ चैत । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पदाधिकारीको विषयमा निर्णय लिनका लागि तीन साता भित्र सिनेट बैठक बोलाइने भएको छ ।
प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले तीन साता भित्र सिनेटको बैठक बोलाई आफ्नो अध्यक्षतामा गठित छानवीन समितिले कुलपति समक्ष बुझाएको प्रतिवेदनको विषयमा निर्णय लिनका बैठक आव्हान गरेका हुन् ।
सरकारले यसअघि नै प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरी सहितका पदाधिकारीहरुलाई कामकाज गर्न रोक लगाएको थियो । सो निर्णय विरुद्ध पदाधिकारीहरुले सर्बोच्चमा रिट हालेपछि उनीहरुकै पक्षमा प्रारम्भिक आदेश आएको छ । सोही आदेश अनुसार अहिले उपकुलपति डा गिरी सहितका पदाधिकारीहरुले काम गरिरहेका छन् ।
स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार डा रमेश ढकालले तीन साता भित्र सिनेट बैठक बोलाउन सहकुलपतिले निर्देशन दिईसकेको भन्दै अब सो बैठकबाट छानवीन समितिले दिएको सुझावका आधारमा आवश्यक निणय लिने बताए ।
यसअघि उपकुलपति डा गिरी सहितका पदाधिकारीहरुले पदीय आचरणविपरितका गतिविधि गरेको भन्दै वीपीमा लामो समय चिकित्सक तथा कर्मचारीहरुले आन्दोलन गरेका थिए ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com



नेपाली हेल्थ 
