चौबिस घण्टामा ७८८४ नमुना परीक्षण गर्दा ८३ जनामा कोरोना संक्रमण

काठमाडौँ, १ चैत । पछिल्लो चौबिस घण्टामा देशभर ७ हजार ८ सय ८४ नमुना परीक्षण गर्दा ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप १ सय ३० जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ४ हजार ७ सय ३४ पीसीआर नमुना परीक्षण गर्दा ५७ र ३ हजार १ सय ५० जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा २६ गरी ८३ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।
त्यसैगरी आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ७ सय ४६ सय रहेको छ । आइसीयूमा ३० र भेन्टीलेटरमा ६ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




